क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार छ : रुस

रुस । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् ।
'हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ,' पेस्कोभले क्रेमलिनमा यसबारे उल्लेख गरेका छन् ।
प्रवक्ता पेस्कोभले भने-'अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ । वाशिङ्गटनका लागि द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।'
रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुईवटा ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई जनाए अनुसार आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न