एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन् ।
उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताए । उनले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे । प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न उनले आग्रह गरे ।
उनले भने, ‘सरकारी निकायबाट प्रत्यक्ष रुपमा हुने विभेद र लाञ्छनाका विषयहरु आयोगको क्षेत्राधिकार भित्र पर्छ । आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौ । साथै व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो । प्रहरीले त्यो विषय हेरेन भनेपनि आयोगले हेर्छ । दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन ।’
उनले एचआईभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरुमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गरे । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे ।
उजुरी उपर कठोरताका साथ कारबाही गरिने उनले बताए । उनले नेपाल प्रहरीले चलाइरहेको अल्पसंख्यकसँग नेपाल प्रहरी भन्ने कार्यक्रममा एचआईभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण