संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
शुक्रबार, २२ वैशाख २०८०, १३ : ५१
काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । तर, सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ ।
घटनाको यथार्थ जानकारी प्राप्त नभइसकेको अवस्थामा सुरक्षाकर्मी उद्धारकर्मी घटनास्थलमा जाँदै गरेको जानकारी प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण