सरकारबारे सबैको सुझाव लिएर रास्वपा निर्णयमा पुग्छः अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टीका सबै नेताहरुको सुझाव लिएर सरकारको विषयमा निर्णय गरिने बताएका छन् । रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बेलुका साढे ५ बजे बस्दैछ ।
सो बैठकअघि रातोपाटीसँग कुराकानी गर्दै अर्यालले छलफलका आधारमा पार्टीले उपयुक्त निर्णय लिने बताए । ‘आज बैठक बस्दै छ, त्यसपछि सबै कुरा थाहा हुन्छ । बैठकले निर्णय गर्ने हो । मैले मात्रै भनेर हुँदैन’ अर्यालले भने, ‘सबै साथीहरुले आ–आफ्नै तरिकाले छलफल गरिराख्नु भएको छ । सबै साथीहरुको सुझाव लिएर त्यसलाई फाइनलाज गर्ने छौं ।’
अब आधिकारिक रुपमा बेलुका साढे ५ बजे बस्ने बैठकले सरकारबारे फाइनल निर्णय गर्ने उनले दोहोर्याए । यसैबीच प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा सहभागी गराउन छलफल जारी रहेको बताएका छन् । यदिरास्वपा सरकारमा आउन चाहेको अवस्थामा ल्याउन कुनै समस्या नहुने ती सचिवालय सदस्यलेको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’