नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता महतले नागरिकलाई अमेरिका लैजाने भनेर नक्कली भुटानी शरणार्थी बनाउने कुरा जघन्य अपराध भएको बताए ।
‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ। यसमा को-को संलग्न छन् ? कसरी संलग्न भए ?’, महतले भने, ‘अनुसन्धान गर्ने निकायले बाहिर ल्याउला, त्यसको न्याय निरुपण होला । जो जो सहभागी छन्, उनीहरुको सजायको दायरामा आउनुपर्छ, आउँछन्।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांगे्रसकै नेताहरुको संलग्नता भएपनि गलत काम गरेको भए कानुनी कठघरामा आउने उनको भनाइ छ ।
उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण