जापानमा शक्तिशाली भूकम्प, एकजनाको मृत्यु
टोकियो । जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।
मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।
“त्यहाँ एक ठूलो, लामो कम्पनको महशुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महशुस गरिएको थियो ।
“कम्पन निरन्तर चलिरह्या जसका कारण मलाई डर लाग्यो,”टढं सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताए ।
सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भ¥्याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् ।
एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।
एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएको छ । आकाशबाट लिइएका तस्बीरमा केही क्षेत्रमा भूकम्पको कारण घरहरू पूर्ण वा आंशिकरूपमा क्षति भएको देख्न सकिन्छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण