गजल
गजल : कुरा यादका नगर्ने
शनिबार, २३ वैशाख २०८०, ०६ : ५१
भुलेर पनि तिमीसँग कुरा यादका नगर्ने भो ।
सम्झेर पनि तिमीसँग कुरा रातका नगर्ने भो ।
अहो ! अतीत पनि बिझाउँछ कहिलेकाहीँ त,
अब के छ र फाइदा, कुरा साथका नगर्ने भो ।
तारिफ तिम्रो कति गरूँ सधैँ सधैँ एकतर्फी म,
इसारामा समातेका कुरा हातका नगर्ने भो ।
आखिर एक्लै एक्लै जिउनु पर्छ सुख दुःख यहाँ,
सँगै मर्ने सँगै बाँच्ने कुरा बातका नगर्ने भो ।
सुन्दरहरैँचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण