पाँच दिनदेखि हिमपहिरोमा बेपत्ता दुई जनाको खोजिकार्य जारी
शनिबार, २३ वैशाख २०८०, १५ : ३२
धनगढी । दार्चुलामा पाँच दिनअघि हिमपहिरोमा हराएका दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेपनि दुई जनाको अवस्था अझै अज्ञात रहेको हो ।
दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको थियो । हराइरहेका दुई जनाको खोजी कार्य जारी रहेको उनले बताइन् ।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले बुझिसकेका छन् ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण