राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीको सुझाव
शनिबार, २३ वैशाख २०८०, २० : ०८

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयकका बारेमा कानुन व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको हो ।
संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिएनन् ।
सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गर्न मिल्छ कि मिल्दैन भन्ने कानुन व्यवसायीसँग सुझाव लिइएको लोसपाका अध्यक्ष महन्त ठाकुरले बताए ।
उनका अनुसार कानुन व्यवसायीहरूले उक्त विधेयक अहिलेकै अवस्थामा राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न मिल्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो