खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीलाई
शनिबार, २३ वैशाख २०८०, २० : ५१
विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराँते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसहित उपाधि जितेको हो ।
प्रतियोगिताको द्वितीय भारतको दार्जिलिङ भयो । दार्जिलिङले ३ रजत र ३ कांस्य पदक हात पारेको छ । तृतीय भुटान भयो । भुटानले २ रजत र ३ कांस्य पदक जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिलातर्फ सुनसरीका पूजा चौधरी र पुरुषतर्फ मोरङका सौरव आलेमगर घोषित भए ।
दुईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ९ टिमका २ सय बढी खेलाडीहरुको सहभागिता रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण