मुलुकलाई आर्थिक संकटबाट जोगाउन उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छः पोखरेल
आइतबार, २४ वैशाख २०८०, ०७ : ४९
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उत्पादनशील क्षेत्रको विकासबाट नै रोजगारीका अवसरहरु सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न सक्ने उनको भनाइ छ ।
‘साँच्चै मुलुकलाई आर्थिक संकटबाट जोगाउने हो भने आयतमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, उत्पादनशील क्षेत्रको विकासवाट नै रोजगारीका अवसरहरु सिर्जना हुन्छन् र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न पुग्दछ ।’
आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा बढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत बिचलन भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण