बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

आइतबार, २४ वैशाख २०८०, ०८ : २०
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा सुनुवाइ हुनेछ ।

यस अघि जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि सुनुवाइ स्थगित भएको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप