सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो । फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ ।
हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ । यसअघि वैशाख ११ गतेको पेसीमा चढेको उक्त मुद्दामा पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने डाक्टरलाई नै झिकाएर बकपत्र गराउने आदेश भएको थियो ।
मुद्दाको सम्पूर्ण प्रक्रिया पूरा भई अङ्ग पुगेको उक्त मुद्दामा वैशाख २४ गते आइतबारका दिन अन्तिम सुनुवाइ हुने अपेक्षा गरिएको थियो । तर गोला तान्दा बिदामा बसेका न्यायाधीशको बेन्चमा उक्त मुद्दा परेपछि आइतबार अदालतकै तर्फबाट स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण