त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरू आपसमा भिड्न थालेपछि विद्यार्थी आन्दोलनमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई काण्डै काण्डको रूपमा चिनिन्छ । कहिले विद्यार्थीको तालाबन्दी त । कहिले शिक्षकको हडताल । कहिले काहीँ कर्मचारीको आन्दोलन । जसले गर्दा विश्वविद्यालय सबै अशान्त, तालाबन्दी र विरोध प्रदर्शनको केन्द्रमा रहने गरेको छ ।
गत १३ वैशाखमा त्रिवि समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलमाथि आंशिक शिक्षक ललित विष्टले आक्रमण गरेका थिए । आफ्नो कक्षाको समयमा पढाउन नगएर शिक्षक विष्टले विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा गएर आक्रमण गरेका थिए । त्यसपछि विभागीय प्रमुख लुइँटेलले प्रहरीमा विष्टविरुद्ध किटानी जाहेरी दिएका थिए ।
आफूलाई करार शिक्षकमा नियुक्त नगरेको भन्दै विष्टले आक्रमण गरेको विभागीय प्रमुखले लुइँटेलको भनाई छ । आंशिक शिक्षकहरूलाई करारमा लैजान मिल्ने गरी केही समय अगाडि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो । तर, विष्टले आफूलाई करारमा लैजानुपर्ने भन्दै दबाब दिनुका साथै आक्रमण गरेको लुइँटेलको आरोप छ ।
उक्त घटनापछि नेविसंघले विरोध प्रदर्शन गरेको छ । नेविसंघ त्रिवि जिल्ला अध्यक्ष विष्णु बडैलाले प्राध्यापक विष्टलाई तत्काल कारबाही गरेर जागिरबाट बर्खास्त गर्नुपर्ने बताए । त्यस्तै विभागीय प्रमुख लुइँटेलले समेत नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
आफूहरूले राखेको मागको बेवस्था गरेको खण्डमा नेविसंघ कडा रूपमा प्रस्तुत हुने उनको भनाई छ ।
नेविसंघले ‘विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर, अराजक प्राध्यापक मुर्दावाद, दादागिरी गर्ने प्राध्यापकलाई बर्खास्त गर’ जस्ता नारा लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण