शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरू आपसमा भिड्न थालेपछि विद्यार्थी आन्दोलनमा

आइतबार, २४ वैशाख २०८०, १६ : २१
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई काण्डै काण्डको रूपमा चिनिन्छ । कहिले विद्यार्थीको तालाबन्दी त । कहिले शिक्षकको हडताल । कहिले काहीँ कर्मचारीको आन्दोलन । जसले गर्दा विश्वविद्यालय सबै अशान्त, तालाबन्दी र विरोध प्रदर्शनको केन्द्रमा रहने गरेको छ ।

गत १३ वैशाखमा त्रिवि समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलमाथि आंशिक शिक्षक ललित विष्टले आक्रमण गरेका थिए । आफ्नो कक्षाको समयमा पढाउन नगएर शिक्षक विष्टले विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा गएर आक्रमण गरेका थिए । त्यसपछि विभागीय प्रमुख लुइँटेलले प्रहरीमा विष्टविरुद्ध किटानी जाहेरी दिएका थिए ।

आफूलाई करार शिक्षकमा नियुक्त नगरेको भन्दै विष्टले आक्रमण गरेको विभागीय प्रमुखले लुइँटेलको भनाई छ । आंशिक शिक्षकहरूलाई करारमा लैजान मिल्ने गरी केही समय अगाडि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो । तर, विष्टले आफूलाई करारमा लैजानुपर्ने भन्दै दबाब दिनुका साथै आक्रमण गरेको लुइँटेलको आरोप छ ।

उक्त घटनापछि नेविसंघले विरोध प्रदर्शन गरेको छ । नेविसंघ त्रिवि जिल्ला अध्यक्ष विष्णु बडैलाले प्राध्यापक विष्टलाई तत्काल कारबाही गरेर जागिरबाट बर्खास्त गर्नुपर्ने बताए । त्यस्तै विभागीय प्रमुख लुइँटेलले समेत नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

आफूहरूले राखेको मागको बेवस्था गरेको खण्डमा नेविसंघ कडा रूपमा प्रस्तुत हुने उनको भनाई छ ।

नेविसंघले ‘विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर, अराजक प्राध्यापक मुर्दावाद, दादागिरी गर्ने प्राध्यापकलाई बर्खास्त गर’ जस्ता नारा लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप