एमालेलाई माधव सापकोटाको आग्रह : टोपबहादुरलाई इमानदारिताका साथ बुझाउनुस्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली शरणार्थी ठगी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई इमानदारिताका साथ बुझाउन एमालेलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री प्रचण्डले बोलेका कुरालाई एमालेले विषयान्तर गर्न खोजेको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध हो भने टोपबहादुरलाई बुझाउन आग्रह गरे ।
प्रचण्डले भ्रष्टाचारी माथि सरकारले टेलर देखाएको अब फिल्म देखाउन बाँकी छ भन्ने अभिव्यक्तिलाई एमालेले खिसीटिउरी गरेको बताउँदै उनले भने,‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ । म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण