टेकनारायण पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
आइतबार, २४ वैशाख २०८०, १७ : २५

काठमाडौँ । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले वैशाख २० मा पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।