रोकिएन राष्ट्रपतिको भागबन्डा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु भएको भागबन्डाको राजनीति वर्तमान राष्ट्रपतिसम्म आइपुग्दा रोकिएको छैन । भण्डारी राष्ट्रपति हुँदा कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईदेखि लिएर संघीय सरकारमा शिवमाया तुम्हाम्फेसम्मलाई मन्त्री बनाएर आफ्नो भाग सुरक्षित गरेकी थिइन् ।
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सोही पद्धतिलाई निरन्तरता दिँदै आफ्नो कोटाबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिलाएका हुन् । राष्ट्रपति पौडेलले आफ्नो फुपूका छोरा आचार्यलाई आफ्नो कोटाबाट मन्त्री बनाएर आज शपथ गराएका छन् ।
राष्ट्रपति पौडेलकी फुपू लमजुङबाट बसाई सरेर कपिलवस्तुको बुद्धभूमि–३ मा बस्दै आएकी छन् । आचार्यले कपिलवस्तु–२ बाट राजनीति गर्दै आएका छन् । ‘सुरेन्द्रजीले राजनीति गरेको लामो समय भयो । मन्त्री हुन योग्य मान्छे पनि हो,’ कपिलवस्तुका एक काँग्रेस नेताले भने, ‘तर, राष्ट्रपतिकी फुपूको छोरा भएकाले उहाँकै कोटाबाट मन्त्री हुन सफल हुनुभयो । जे जस्तो भए पनि कपिलवस्तुले मन्त्री पाएकोमा खुसी छौँ ।’
यदि राष्ट्रपतिको नातादार नभएको भए आचार्य मन्त्री हुने अवस्था नरहेको ती नेताले बताए । आचार्यले महिला मन्त्रालय लिएर महेन्द्र राय यादवलाई खानेपानी मन्त्रालय सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण