शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार

नवनियुक्त मन्त्रीले लिए शपथ, यादवको मन्त्रालय हेरफेर

आइतबार, २४ वैशाख २०८०, १३ : १७
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन् । 

आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसै गरी यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ । पौडेलले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकेका हुन् ।

1 मन्त्रीहरुको शपथ_विज्ञप्ति_ Final

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप