फिल्म ‘सोली डोली’ निर्माण हुने
काठमाडौँ । फिल्म ‘सोली डोली’ निर्माण हुने भएको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्म किरण नेपालीले निर्देशन गर्न लागेका हुन् ।
किरण हिट फिल्म ‘२ नम्बरी’का निर्माता हुन् । किरणले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा ४ नायक र ३ नायिका रहने निर्माण पक्षले बताएको छ ।
कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्देशक किरण नेपालीको छ । फिल्मलाई पूर्ण रूपमा कमेडी कथामा निर्माण गर्न लागिएको किरणले बताए । ‘पोइ पर्यो काले’ र ‘२ नम्बरी’ निर्माणको अनुभव निर्देशनमा पोख्न लागेको हो’ किरणले बताए ।
अगामी असोजबाट छायांकन सुरु हुने फिल्ममा अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्धाजको कथा छ ।
किरणले फिल्म ‘हात्तीछाप’को निर्माणको समेत तयारी गरेका छन् । ‘हात्तीछाप’को छायांकन सकेपछि ‘सोली डोली’को छायांकन सुरु गर्ने किरणले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण