शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिडेनको सातौं अधिवेशनको मिति तय

सोमबार, २५ वैशाख २०८०, ०६ : १७
सोमबार, २५ वैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन आगाामी जेठ १३ गते हुने भएको छ । आइतबार बसेको सिडेनको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ १३ गतेका लागि अधिवेशनको मिति तोकेको हो ।

सिडेनका अध्यक्ष उमेश थानीका अनुसार यसअघि फागुन १३ गतेका लागि तय भएकाे अधिवेशनकाे मिति पार्टीको निर्देशन अनुसार सरेको थियो । 'हामी डाइरेक्ट इलेक्सन पद्धतिमा जान्छौं । काठमाडौंसहित १२ ठाउँमा मतदान केन्द्र रहन्छ । आगामी जेठ १३ गते सिडेनकाे अधिवेशन गर्ने निर्णय भएकाे छ ,' उनले रातोपाटीलाई भने । 

उनका अनुसार अधिवेशनबाट सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यस्तै सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ । सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।

सिडेनको वर्तमान कार्यसमितिको कार्यकाल गत पुसमा सकिएको थियो । 'विधानमा ६ महिना कार्यकाल बढाउने सक्ने व्यवस्था छ । हामीले ६ महिनाभित्र अधिवेशन गर्ने निर्णय गरौं,' थानीले भने । सिडेनमा करिब ६ हजार मतदाता रहेको थानीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप