सिडेनको सातौं अधिवेशनको मिति तय
काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन आगाामी जेठ १३ गते हुने भएको छ । आइतबार बसेको सिडेनको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ १३ गतेका लागि अधिवेशनको मिति तोकेको हो ।
सिडेनका अध्यक्ष उमेश थानीका अनुसार यसअघि फागुन १३ गतेका लागि तय भएकाे अधिवेशनकाे मिति पार्टीको निर्देशन अनुसार सरेको थियो । 'हामी डाइरेक्ट इलेक्सन पद्धतिमा जान्छौं । काठमाडौंसहित १२ ठाउँमा मतदान केन्द्र रहन्छ । आगामी जेठ १३ गते सिडेनकाे अधिवेशन गर्ने निर्णय भएकाे छ ,' उनले रातोपाटीलाई भने ।
उनका अनुसार अधिवेशनबाट सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।
यस्तै सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ । सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।
सिडेनको वर्तमान कार्यसमितिको कार्यकाल गत पुसमा सकिएको थियो । 'विधानमा ६ महिना कार्यकाल बढाउने सक्ने व्यवस्था छ । हामीले ६ महिनाभित्र अधिवेशन गर्ने निर्णय गरौं,' थानीले भने । सिडेनमा करिब ६ हजार मतदाता रहेको थानीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण