सिटीलाई पछ्याउँदै आर्सनल
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले आइतबार राति भएको खेलमा न्युक्यासललाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो ।
जितसँगै आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीसँगको अङ्क दूरी पनि घटाएको छ । यद्यपि, आर्सनलले सिटीभन्दा एक खेल बढी खेलेको छ ।
आर्सनलको जितमा मार्टिन ओडेगार्ड एक गोल गरे । खेल सुरु भएको १४औँ मिनेटमै उनले आर्सनललाई अग्रता दिएका थिए । उनले जोर्गिन्होको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
आर्सनलले एउटा आत्मघाती गोल उपहार पाएको थियो । निर्धारित समयको ७१औँ मिनेटमा न्युक्यासलका फाबियन शारबाट आत्मघाती गोल भएको थियो ।
जितसँगै आर्सनलले आफूलाई प्रिमियर लिगको उपाधि होडमा कायम राखेको छ । आर्सनलले तालिकाको शीर्ष स्थानमा आसिन म्यान सिटीसँगको दूरी १ अङ्कमा झारेको छ ।
तालिकाको शीर्ष स्थानमा आसिन म्यान सिटीले ३४ खेलबाट ८२ अङ्क बटुलेको छ । आर्सनलले भने ३५ खेलबाट ८१ अङ्क जोडेको छ । पराजित टोली न्युक्यासल भने ६५ अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ । न्युक्यासलले हालसम्म ३४ खेल खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण