ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाही हुनुपर्छ : शर्मा
काठमाडौँ । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाही हुनुपर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै शर्माले सरकारले जडीबुटी, जंगलको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘जडीबुटी, जंगलको संरक्षण र प्रवर्द्धनमा जोड गर्नुपर्ने देखिन्छ, उद्योग, व्यापारमा विशेष जोड गर्नुपर्छ, लगानीमा निजी सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यकता छ । काम गर्ने शैलीमा मितव्ययी, पारदर्शी र स्वच्छ, जबाफदेही बनाउनुपर्ने आवश्यकता देखिन्छ, समस्याको रूपमा महँगी भ्रष्टाचार र ढिलासुस्ती छ, यसलाई हामीले अन्त्य गर्नैपर्छ । महँगी घटाउने, भ्रष्टाचार शून्यमा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने आवश्यकता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण