पेरिसडाँडामा प्रधानमन्त्रीसँग हुने भेटघाटको कार्यतालिका स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्न बनाइएको कार्य तालिका तत्कालका लागि स्थगित गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयमा हुने भेटघाट तत्काल स्थगित गरिएको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका बनाएको थियो । गत आइतबारदेखि जेठ १५ गतेसम्म प्रधानमन्त्री सहित मन्त्रीको भेटघाट बन्द गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘अहिले बजेट निर्माण गर्ने चटारो छ । प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्ने कुराकानी गर्ने फुर्सद समेत छैन’ उपाध्यायले भने, ‘त्यसैले जेठ १५ गतेसम्मका लागि भेटघाट बन्द गरेका छौं । अब जेठ १६ गतेदेखि नियमित कार्य तालिका बमोजिम भेटघाटलाई निरन्तरता दिन्छौँ ।’ यदि अति आवश्यक काम भए प्रधानमन्त्री र मन्त्रीलाई सिंहदवारमा पुगेर भेट्न सकिने उपाध्यायले बताए ।
माओवादी पार्टीले आइतबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सोमबार पर्यटन मन्त्री सुदन किराँती, मङ्गलवार सल्लाहकार र विज्ञसँग भेटघाट र छलफल गर्ने कार्य तालिका बनाएको थियो । यस्तै बुधवार सामान्य प्रशासन मन्त्री अमनलाल माेदी, बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रवार प्रधानमन्त्री प्रचण्ड र शनिवार रेखा शर्माले भेट्ने कार्य तालिका बनाइएको थियो । प्रधानमन्त्रीसहित मन्त्रीले कार्य तालिका बमोजिम बेलुका ४ बजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा बसेर भेट्ने व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण