‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’
मुम्बई । नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् ।
हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको क्रममा जब उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ भनी सोधियो, उनले भने– मेरो जीवन निकै घिनलाग्दो छ, म अर्को जीवनमा नवाजुद्दीन सिद्दीकी बन्न चाहँदिनँ ।’
‘ममाथि कुनै फिल्म बन्ने नै छैन, मेरो जीवन निकै घृणित छ । धेरै नराम्रो छ । र मलाई लाग्दैन कि कसैले मेरो जीवनको बारेमा जान्न चाहन्छ। जब कसैले सोध्छ तिमी अर्को जन्ममा के बन्न चाहन्छौ, म भन्छु ‘नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ।’
नवाजुद्दीन पछिल्लो पटक फिल्म हिरोपन्तीमा देखिएका थिए । यस फिल्ममा उनले नकारात्मक भूमिका निर्वाह गरेका थिए । अब नवाजुद्दीन पारिवारिक कमेडी फिल्ममा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण