ढाकाको ठाउँमा विन्दाबासिनीले आइतबारै पाएकी थिइन् सांसदको प्रमाणपत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै विन्दाबासिनी कसांकारलाई सांसद बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिएको र निर्वाचित भएको जानकारी संघीय संसदलाई समेत दिएको आयोगले जनाएको छ । आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कसांकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्रअनुसार आयोगले निर्णय गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।
उनले विन्दाबासिनी कसांकार सांसद हुने निर्णय आयोगले केही वैशाख २१ गते गरेको पनि बताए । यता सर्वोच्च अदालतले ढाकाकुमारले दिएको रिट निवेदनमा सोमबार अल्पकालीन आदेशमार्फत उनको पद तत्काल नजाने भनेको छ । आयोगका अनुसार एउटा पदमा दुई जना सांसद भएपछि सर्वोच्चको अन्तिम फैसला नहुँदासम्म कसांकार निर्वाचित भएको मान्न भने सकिँदैन । ‘संघीय संसदमा उहाँको (कसंकार) को सपथ हुन सक्दैन’, संघीय संसद सचिवालय श्रोतले भन्यो, ‘कसांकारको सपथ अहिले नै हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण