सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

सोमबार, २५ वैशाख २०८०, १८ : ००
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो । 

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने बताएका थिए । 

सो क्रममा राजदूत सङ्ले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप