ढाकाकुमार भन्छन् - सत्य शाश्वत छ, बोलिरहनु पर्दैन
काठमाडौं । मेडिकल ब्यवसायी दूर्गा प्रसाईको अडियो प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद पद र पार्टीको जिम्मेबारीबाट निलम्बन गरेका ढाकाकुमार श्रेष्ठले पुनः एकपटक आफु निर्दोष भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुमाथि निराधार आरोप लगाएर फसाउन खोजिएको दाबी गरेका छन् ।
कठिन परिस्थितिमा आफुलाई साथ र सहयोग गर्नेहरुप्रति उनले आभार पनि व्यक्त गरेका छन् । ‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनीतिमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा ममाथि षडयंत्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला । म भर्खरै राजनीतिमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो, यो राष्ट्रका लागि र भावी यूवा पुस्ता जो राजनीतिमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देस हो। जस्को कोही पनि हुँदैन, उस्को साथमा भगवान हुन्छन्। जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस । अन्तमा प्रत्यक्ष अप्रत्यक्ष मलाई यो कठिन परिस्थितीमा साथ सहयोग गर्ने तपाई सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा हार्दिक नमन,’ उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।
केही समयअघि उनले प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा उनले मन्त्री बन्नका लागि पार्टीलाई बुझाउनु पर्ने भन्दै प्रसाईसँग पैसा मागेको सुनिन्छ । तर, श्रेष्ठले भने आफुमाथि लागेको आरोप निराधार भएको र आफुलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण