द कश्मिर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीले ममता बनर्जीलाई पठाए कानुनी पत्र
भारतीय फिल्म निर्माता विवेक अग्निहोत्रीले मङ्गलवार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलाई लिगल नोटिस ‘कानुनी पत्र’ पठाएका छन् । अग्निहोत्रीले ‘द कश्मिर फाइल्स’ माथि दिएको बयानका लागि बनर्जीलाई कानुनी पत्र पठाएका हुन् ।
अग्निहोत्रीले एक बयानमा भने, ‘अभिषेक अग्रवाल, पल्लवी जोशी र मैले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलाई हामी र हाम्रो फिल्म ‘द कश्मिर फाइल्स’ र आउँदो फिल्म ‘द दिल्ली फाइल्स’ लाई बदनाम गर्ने उद्देश्यले दिएको बयानका लागि कानुनी पत्र पठाएका छौँ ।’
उनले भने, ‘हिजो बङ्गालकी मुख्यमन्त्रीले द कश्मिर फाइल्स र बङ्गालमा नरसंहारमाथि बन्न लागेको फिल्म प्रोपोगान्डा भएको बताइन् । भाजपाले मलाई फिल्म बनाउनका लागि पैसा दिन्छ भनेर मलाई आरोप लगाइन् । यो अपमानजनक छ । यो भोट बैङ्कका लागि दिइएको बयान हो । हामीले ममता बनर्जीलाइ कानुनी पत्र पठाएका छौँ ।’
फिल्म निर्माताले भने, ‘पछिल्लो एक वर्षदेखि म कसरी बाँचिरहेको छु, त्यो मलाई मात्रै थाहा छ । आज भारतका नेता र पत्रकारहरू र कथित साम्प्रदायिक फ्याक्ट चेकर्सले मलाई मर्नु न बाँच्न बनाएका छन् । मलाई चुप बनाउन कोसिस गरिरहेका छन् । म यस्तो हुन दिन्नँ ।’
BREAKING:
— Vivek Ranjan Agnihotri (@vivekagnihotri) May 9, 2023
I have, alongwith @AbhishekOfficl & Pallavi Joshi, sent a LEGAL NOTICE to the Chief Minister, Bengal @MamataOfficial for her false & highly defamatory statements made with malafide intention to defame us & our films #TheKashmirFiles & upcoming 2024 film #TheDelhiFiles. pic.twitter.com/G2SjX67UOB
सोमबार बङ्गालकी मुख्यमन्त्री ‘द केरला स्टोरी’ लाई राज्यमा प्रतिबन्ध गर्न घोषणा गरेकी थिइन् ।
समाचार एजेन्सी एएनआईका अनुसार बनर्जीले भनेकी थिइन्, ‘द कश्मिर फाइल्स के हो ? यो एक वर्गलाई अपमानित गर्नका लागि लिइएको थियो । र ‘द केरला स्टोरी’ के हो ? यो तथ्यलाई तोडमोड गरेर तयार पारिएको कहानी हो ।’
ममता बनर्जीकोे यो घोषणामा भाजपाले कडा प्रतिक्रिया दिइएको थियो । पार्टीका नेताले सोधेका थिए, ‘यस्तो गरेर मुख्यमन्त्रीले कसलाई खुसी बनाउन चाहन्छिन् ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण