पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
लिस्बन । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ ।
गैरअवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन चेक रिपब्लिकको राजधानी प्राग पुगेका परराष्ट्रमन्त्री साउद समक्ष सङ्घले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै आइतबार एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको हो ।
दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा परेको भन्दै सङ्घका अध्यक्ष रवीन अधिकारी र महासचिव राजकुमार थापाले परराष्ट्रमन्त्री साउदलाई ज्ञापनपत्र बुझाउंदै दूतावास स्थापनाको माग गरे । युरोप आएका नेपालीको प्रमुख गन्तव्य पोर्चुगल बन्दै गएको, दिनप्रतिदिन नेपालीको सङ्ख्या बढ्दै गएको, राहदानी लगायतका कागजी प्रक्रियामा समस्या भएको र पोर्चुगलबाट ठूलो रकम रेमिट्यान्सका रुपमा नेपाल भित्रिरहेको उल्लेख गर्दै सङ्घले दूतावास स्थापनाको माग गरेको हो ।
सो अवसरमा ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री साउदले दूतावास स्थापनाका लागि सरकारले पोर्चुगललाई पहिलो प्राथमिकतामा राखेको र दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको आश्वासन दिएको गैर आवासीय नेपाली सङघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए । सङ्घको क्षेत्रीय सम्मेलनमा दूतावास स्थापनाका विषयमा जोडदार रुपमा उठान गरिएको र केन्द्रीय नेतृत्वले समेत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए ।
पोर्चुगलमा नेपालीको सङ्ख्या यकिन नभए पनि अनुमानित ५० देखि ६० हजारको हारहारीमा नेपाली रहेको सङ्घका अध्यक्ष अधिकारीको भनाइ छ । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स लगायतका अन्यमुलुक धाउनुपर्ने बाध्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण