बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कटारीमा बसबाट लडेर एक पुरुषको मृत्यु

मङ्गलबार, २६ वैशाख २०८०, १७ : २९
मङ्गलबार, २६ वैशाख २०८०

उदयपुर । उदयपुरमा बसबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान कटारी नगरपालिका–२ खोक्सास्थित सडकमा ग.२ ख. १०१ नम्बरको बसबाट लडेर सोही नगरपालिका–५ का ३८ वर्षीय सुमन भुजेलको मृत्यु भएको हो ।

बसबाट लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप