एमालेले टोपबहादुर रायमाझीलाई गरेन कारबाही
काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुन अनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ ।
मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको छ । ‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । यस सन्दर्भमा
सचिव टोपबहादुर रायमाझीले विधिपूर्वक कानुनसम्मत सघाउनुपर्छ भन्ने छ’, पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।
रायमाझीलाई कारबाहीबारे पत्रकारले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको होर ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण