एमालेले टोपबहादुर रायमाझीलाई गरेन कारबाही

काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुन अनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ ।
मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको छ । ‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । यस सन्दर्भमा
सचिव टोपबहादुर रायमाझीले विधिपूर्वक कानुनसम्मत सघाउनुपर्छ भन्ने छ’, पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।
रायमाझीलाई कारबाहीबारे पत्रकारले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको होर ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा
-
इटालियन सिरी’एमा इन्टरले नापोलीसँग घटायो अंकदुरी
-
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
-
काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
आज सूर्यनारायणको बार कुन राशिलाई कति फलदायी ?
-
प्रिमियर लिगमा बर्नमथसँग हार्यो आर्सनल