त्रिविका आंशिक शिक्षक ललित विष्ट निलम्बित
मङ्गलबार, २६ वैशाख २०८०, १८ : ४३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक शिक्षक ललित विष्ट निलम्बनमा परेका छन् । त्रिवि समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलमाथि आक्रमण गर्ने विष्टलाई मंगलबार निलम्बन गरिएको हो ।
आफूलाई करार शिक्षकमा नियुक्त नगरेको भन्दै विष्टले आक्रमण गरेको विभागीय प्रमुख लुइँटेलले बताएका थिए ।
आंशिक शिक्षकहरूलाई करारमा लैजान मिल्ने गरी केही समय अगाडि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो ।
तर, विष्टले आफूलाई करारमा लैजानुपर्ने भन्दै दबाब दिनुका साथै आक्रमण गरेको लुइँटेलले आरोप लगाएका थिए । लुइँटेलले प्रहरीमा विष्टविरुद्ध किटानी जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण