बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका आंशिक शिक्षक ललित विष्ट निलम्बित

मङ्गलबार, २६ वैशाख २०८०, १८ : ४३
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक शिक्षक ललित विष्ट निलम्बनमा परेका छन् । त्रिवि समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलमाथि आक्रमण गर्ने विष्टलाई मंगलबार निलम्बन गरिएको हो । 

आफूलाई करार शिक्षकमा नियुक्त नगरेको भन्दै विष्टले आक्रमण गरेको विभागीय प्रमुख लुइँटेलले बताएका थिए । 

आंशिक शिक्षकहरूलाई करारमा लैजान मिल्ने गरी केही समय अगाडि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो । 

तर, विष्टले आफूलाई करारमा लैजानुपर्ने भन्दै दबाब दिनुका साथै आक्रमण गरेको लुइँटेलले आरोप लगाएका थिए ।  लुइँटेलले प्रहरीमा विष्टविरुद्ध किटानी जाहेरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप