बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री मोदी र इन्टरनेशनल आइडियाका महासचिवबीच भेटवार्ता

मङ्गलबार, २६ वैशाख २०८०, १९ : ३१
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो । 

नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ ।

भ्रमणका क्रममा महासचिव केभिनले संघीयताको सबलीकरण र स्थानीय तहको सशक्तीकरणका लागि आफूहरुले क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे ।

भेटका क्रममा मन्त्री मोदीले संघीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा वर्गका क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । आइडिया इन्टरनेशनलको नेपाल सदस्य हुनका लागि आफूले पहलकदमी लिने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप