मन्त्री मोदी र इन्टरनेशनल आइडियाका महासचिवबीच भेटवार्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो ।
नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ ।
भ्रमणका क्रममा महासचिव केभिनले संघीयताको सबलीकरण र स्थानीय तहको सशक्तीकरणका लागि आफूहरुले क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे ।
भेटका क्रममा मन्त्री मोदीले संघीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा वर्गका क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । आइडिया इन्टरनेशनलको नेपाल सदस्य हुनका लागि आफूले पहलकदमी लिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण