यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना तिर्नुपर्ने
काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो ।
पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई. जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको र आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाएकी थिइन् ।
ट्रम्पले आफूलाई झुटो प्रमाणित गर्न खोजेको र त्यसबाट आफ्नो निकै बदनामी भएको आरोप पनि उनले लगाएकी थिइन् । न्यायालयले उक्त घटनामा ट्रम्पलाई दोषी ठहर गर्दै उनले क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको छ ।
यद्यपि, अदालतले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रूपमा क्यारोललाई बलात्कार गरेको घटनामा भने ट्रम्प दोषी नदेखिएको फैसला सुनाएको छ । किनभने यो मुद्दा फौजदारी (क्रिमिनल) कोर्टमा नभई सिभिल कोर्टमा चलेको थियो ।
यो मुद्दा मेनहटनको सङ्घीय अदालतमा करिब दुई सातासम्म चलेको थियो । मुद्दाको सुनुवाइमा भने ट्रम्प उपस्थित थिएनन् । उनले सुरुदेखि नै आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका थिए । ६ जना पुरुष र ३ जना महिलासहितको जुरीले मंगलबार करिब तीन घन्टासम्म छलफल गरेर ट्रम्पको विपक्षमा फैसला सुनाएको हो ।
न्यायालयले आफुविरुद्ध फैसला सुनाएपछि ट्रम्पले अदालतको फैसलाबाट आफ्नो अपमान भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै क्यारोलको विषयमा पनि आफूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।
‘यी महिला को हुन् भन्ने विषयमा समेत मलाई कुनै जानकारी छैन । यस्तो अवस्थामा अदालतको फैसलाबाट मेरो अपमान भएको छ,’ ७६ वर्षीयले भनेका छन् । ट्रम्पका एक प्रवक्ताले भने अदालतको उक्त निर्णयको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन् ।
अदालतको फैसलापछि क्यारोलले सत्यको जित भएको प्रतिक्रिया दिएकी छन् । ‘आज सारा विश्वले सत्य के हो भन्ने कुरा थाहा पाएको छ,’ ७९ वर्षीया क्यारोलले आफ्नो लिखित वक्तव्यमा भनेकी छन्, ‘यो मेरोमात्र जित होइन । यो ति सबै महिलाको जित हो, जो पीडित भएका छन् र जसको आवाज कसैले सुनिरहेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण