इमरान खानको गिरफ्तारीमा अमेरिकाले दियो पहिलो प्रतिक्रिया
मङ्गलवार दिउँसो भएको इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा आगजनीसमेत भइरहेका छ ।
इमरानलाई रातारात इस्लामाबादस्थित प्रहरी लाइनको मुख्यालयमा ट्रान्सफर गरिएको छ । मुख्यालयलाई सब–जेलमा परिवर्तन गरिएको छ । नेशनल एकाउन्टिबिलिटी ब्युरो (न्याब) को अदालती सुनुवाइ पनि गेस्ट हाउसमा सञ्चालन भइरहेको छ ।
यो घटनामा अब अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव केरिन जेन–पियरेले अमेरिकालाई पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे जानकारी भएको बताएकी छिन् ।
९ मेमा भएको पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा उनले भनिन्, ‘हामीले पहिले पनि भन्दै आएका छौँ कि अमेरिकाले कुनै पनि राजनीतिक उम्मेदवार वा पार्टीलाई समर्थन गर्दैन । हामी विश्व भरी लोकतान्त्रिक सिद्धान्त र कानुन शासनको सम्मानको माग गर्छौँ ।’
बुधवार न्याबको अदालत गेस्ट हाउसमा नै भारी सुरक्षाबीच सञ्चालन गरियो । इमरान खानलाई यहाँ नै पेस गरिनेछ । न्याबले इमरान खानको १४ दिनका हिरासत माग गर्न सक्छ ।
इस्लामाबाद उच्च अदालतले मङ्गलवार अबेर राती इमरान खानको गिरफ्तारीलाई वैध बताएको छ । तहरिक–ए–इन्साफका नेता फवाद चौधरीले उच्च अदालतको निर्णयलाई हैरान गर्ने खालको बताउँदै यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिइने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण