आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इमरान खानको गिरफ्तारीमा अमेरिकाले दियो पहिलो प्रतिक्रिया

बुधबार, २७ वैशाख २०८०, १० : ३७
बुधबार, २७ वैशाख २०८०

मङ्गलवार दिउँसो भएको इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा आगजनीसमेत भइरहेका छ ।

इमरानलाई रातारात इस्लामाबादस्थित प्रहरी लाइनको मुख्यालयमा ट्रान्सफर गरिएको छ । मुख्यालयलाई सब–जेलमा परिवर्तन गरिएको छ । नेशनल एकाउन्टिबिलिटी ब्युरो (न्याब) को अदालती सुनुवाइ पनि गेस्ट हाउसमा सञ्चालन भइरहेको छ ।

यो घटनामा अब अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव केरिन जेन–पियरेले अमेरिकालाई पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे जानकारी भएको बताएकी छिन् ।

america press secretary९ मेमा भएको पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा उनले भनिन्, ‘हामीले पहिले पनि भन्दै आएका छौँ कि अमेरिकाले कुनै पनि राजनीतिक उम्मेदवार वा पार्टीलाई समर्थन गर्दैन । हामी विश्व भरी लोकतान्त्रिक सिद्धान्त र कानुन शासनको सम्मानको माग गर्छौँ ।’

बुधवार न्याबको अदालत गेस्ट हाउसमा नै भारी सुरक्षाबीच सञ्चालन गरियो । इमरान खानलाई यहाँ नै पेस गरिनेछ । न्याबले इमरान खानको १४ दिनका हिरासत माग गर्न सक्छ ।

इस्लामाबाद उच्च अदालतले मङ्गलवार अबेर राती इमरान खानको गिरफ्तारीलाई वैध बताएको छ । तहरिक–ए–इन्साफका नेता फवाद चौधरीले उच्च अदालतको निर्णयलाई हैरान गर्ने खालको बताउँदै यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिइने बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप