मन्त्री गुरुङले भने–ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ
बुधबार, २७ वैशाख २०८०, १५ : ३५
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।
उनले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताए ।
मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण