कांग्रेस नेता शिवाकोटीले भने– बालकृष्ण खाणलाई पार्टीबाट तत्काल निलम्बन गरियोस्

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व गृहमन्त्री खाणलाई प्रहरीले आज बिहान पक्राउ गरेको थियो ।
‘पक्राउ परेका बालकृष्ण खाणलाई पनि पार्टीले तत्काल निलम्बन गरोस्, भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न। भ्रष्टाचारमा नेता, नाता, प्रभाव र दबाबको प्रतिकार गरौं,’ शिवाकोटीले भने ।
यस्तै उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन नगर्नु लज्जाको विषय भएको बताए । उनले भने, ‘फरार अभियुक्त टोपबहादुर रायमाझीको पक्षपोषण गर्दै आएको एमाले नेतृत्वले जनदबाब पछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बित गर्यो, फरार अभियुक्त पार्टीको पदबाट निलम्बित हुने तर सांसद भने भइरहनु लज्जा हो ।’ तत्काल संसदले रायमाझीलाई सांसद पदबबाट निलम्बन गर्न केन्द्रीय सदस्य शिवाकोटीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था