कांग्रेस नेता शिवाकोटीले भने– बालकृष्ण खाणलाई पार्टीबाट तत्काल निलम्बन गरियोस्
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व गृहमन्त्री खाणलाई प्रहरीले आज बिहान पक्राउ गरेको थियो ।
‘पक्राउ परेका बालकृष्ण खाणलाई पनि पार्टीले तत्काल निलम्बन गरोस्, भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न। भ्रष्टाचारमा नेता, नाता, प्रभाव र दबाबको प्रतिकार गरौं,’ शिवाकोटीले भने ।
यस्तै उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन नगर्नु लज्जाको विषय भएको बताए । उनले भने, ‘फरार अभियुक्त टोपबहादुर रायमाझीको पक्षपोषण गर्दै आएको एमाले नेतृत्वले जनदबाब पछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बित गर्यो, फरार अभियुक्त पार्टीको पदबाट निलम्बित हुने तर सांसद भने भइरहनु लज्जा हो ।’ तत्काल संसदले रायमाझीलाई सांसद पदबबाट निलम्बन गर्न केन्द्रीय सदस्य शिवाकोटीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण