नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणलाई टेकुस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने
बुधबार, २७ वैशाख २०८०, २० : ५६

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । बुधवार काठमाडौँको मैजुवहालस्थित निवासबाट खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली कांग्रेका केन्द्रिय सदस्य समेत रहेका खाणलाई टेकुमै राखिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहसँग सम्पर्क देखिएपछि खाण पक्राउ परेका हुन् ।
खाण गृहमन्त्री हुँदा उनको स्वकीय सचिवको रूपमा कार्यरत नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
भुटानी शरणार्थीको आवरणमा ठगेको आरोपमा १२ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो
-
रोशी खोलाको बाढीमा फस्यो जेसीबी र टिपर, ५ जनाको उद्धार
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?