नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणलाई टेकुस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने
बुधबार, २७ वैशाख २०८०, २० : ५६
काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । बुधवार काठमाडौँको मैजुवहालस्थित निवासबाट खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली कांग्रेका केन्द्रिय सदस्य समेत रहेका खाणलाई टेकुमै राखिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहसँग सम्पर्क देखिएपछि खाण पक्राउ परेका हुन् ।
खाण गृहमन्त्री हुँदा उनको स्वकीय सचिवको रूपमा कार्यरत नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
भुटानी शरणार्थीको आवरणमा ठगेको आरोपमा १२ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण