पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पक्राउ
पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ ।
पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’
कुरैशीले थपे, ‘तपाईंहरु हाम्रो वास्तविक स्वतन्त्रताको युद्धलाई जारी राख्नुहोस् र त्यति बेलासम्म नरोकिनुहोस् जबसम्म इमरान खान रिहा हुँदैनन् ।’
اسلام آباد پولیس کی جانب سے وائس چیئرمین تحریک انصاف مخدوم شاہ محمود قریشی کو گرفتار کر کے نامعلوم مقام پر منتقل کر دیا گیا ہے۔ #PakistanUnderSiege pic.twitter.com/R5cuLIc9UE
— PTI (@PTIofficial) May 11, 2023
पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा चेतावनी दिएका छन् । शरिफले भने, ‘हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ ।’
شاہ محمود قریشی کا گرفتاری سے قبل قوم کے لئے اہم پیغام۔#PakistanUnderSiege pic.twitter.com/MufULiDYF6
— PTI (@PTIofficial) May 11, 2023
यसैबीच पाकिस्तानमा हिंसाका कारण १० जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण