शिक्षकले परीक्षा हलबाट निकालेपछि मेडिकल विद्यार्थीले गरिन् आत्महत्या
काठमाडौँ । चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् । बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेका थिए । त्यसपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएकी थिइन् । त्यही झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ । साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरेको छ । राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भामले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने जस्ता मानसिक यातना दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्नुपर्नेमा बताए ।
विद्यार्थीहरूलाई परीक्षामा फेल गराइदिने धम्की समेत दिने गरेको भन्दै यस्तो कार्य पूर्ण रूपमा रोकिनुपर्ने कमिटीको माग छ । ‘कसैको इगो भन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूको जीवन हो । यसको रक्षा गरिनुपर्छ । अध्यक्ष भामले भने । थापाको आत्महत्यापछि चिकित्सा शिक्षा सङ्घर्ष अभियानले समेत विरोध जनाएको छ । अभियानले विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको बताएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न अभियानले माग गरेको छ ।
विद्यार्थीमाथि हुने शारीरिक र मानसिक यातनाका विरुद्धमा विगतदेखि नै आवाज उठाउँदै आएको तर, त्यस्ता घटना बारम्बार दोहोरिने गरेको अभियानको ठहर छ । घटनालाई भित्र भित्रै लुकाउन खोज्ने, गलत व्यक्तिलाई ढाकछोप गर्ने, पीडित परिवार र विद्यार्थीलाई धम्की दिने र घटनाको छानबिन प्रक्रियामा चलखेल गर्ने जस्ता कार्य भइरहेको भन्दै अभियानले आपत्ति जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण