राज्यले कृषि क्षेत्रलाई बेवास्ता गर्यो : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए । उनले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताए । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताए । उनले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताए । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गरे ।
‘हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको कृषि हो तर यही क्षेत्रलाई सबैभन्दा बेवास्ता गरिएको छ । जब यो हाम्रो हो भने यसमै सबैभन्दा धेरै लगानी गरेर यसलाई उठाउनुपर्छ । अनिमात्रै हामी अघि बढ्न सक्छौँ, अहिले बेवास्ता गरेको बेलामा पनि ३० प्रतिशत बढी हिस्सा अर्थतन्त्रको यसले ओगटेको छ’ उनले भने, ‘हामीले महत्वपूर्ण मानेर लगानी बढाउने हो भने जति यहाँ उत्पादन गर्नसक्छौँ, त्यत्ति नै विदेश निर्यात गर्नसक्छौँ । त्यो वातावरण हामीसँग छ । हाम्रो देशको मुल अर्थतन्त्र कृषि हो, कृषि कमजोर भइरह्यो भने हामी सधैँ गरिब भइरहन्छौँ ।’
राष्ट्रियसभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसकने वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण