शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

के हो स्माइलिङ डेथ ? जसमा मृत्यु अघि मुस्कुराउन थाल्छन् मानिस

बिहीबार, २८ वैशाख २०८०, १७ : १४
बिहीबार, २८ वैशाख २०८०

यदि कोही भवनभित्र दबिएका छन् र त्यहाँ फसेकालाई बचाउनु छ भने तपाईंले के गर्नुहुन्छ ? तपाईंले भग्नावशेषलाई फटाफट निकाल्न थाल्नुहुन्छ, होइन त ? तर कसैलाई हतारमा जोगाउने प्रयास नगर्नुहोस् । विज्ञको प्रतीक्षा गर्नुहोस् । कतै दबिएका मानिसलाई जोगाउने तपाईंको कोसिस ती व्यक्तिका लागि घातक पनि हुनसक्छ भन्ने कुरा बुझ्नुपर्छ ।

कसैलाई बचाउन भग्नावशेष हटाउनुहुन्छ भने त्यहाँ भित्र दबेका व्यक्तिको शरीरबाट क्रसिङ प्रेसर रिलिज हुन्छ जसका कारण उनको मृत्युसमेत हुनसक्छ । यो खबर पढ्दा अचम्म लाग्यो नि ? तर यो साँचो हो ।

यो तपाईंको गल्ती होइन किनभने तपाईंले त ज्यान जोगाउने उपाय नै त अपनाइरहनुभएको थियो । तर यस्तो किन हुन्छ ? यो बुझ्नका लागि तपाईंले यसको विज्ञान बुझ्न जरुरी छ ।

भग्नावशेषमा दबिँदा रक्तसञ्चार रोकिन्छ 

वास्तवमा जब शरीरको कुनै हिस्सा ( हात, खुट्टा वा अन्य अङ्ग) कुनै भारी भग्नावशेषमा दबिएको हुन्छ र त्यो भारलाई तुरुन्तै हटाउन सकिँदैन भने यो अवस्थामा रक्तसञ्चार रोकिन सक्छ । किनभने भग्नावशेषका कारण शरीरका तन्तुमा अत्यधिक दबाब उत्पन्न हुन्छ । यसले तन्तु बिग्रन सक्छन् त्यसैले रक्तसञ्चार पनि रोकिन सक्छ ।

यस्तो स्थितिमा शरीरमा मायोग्लोबिन नामको प्रोटिन रिलिज हुन थाल्छ । मायोग्लोबिन एक गोलाकार प्रोटिन हो जुन मांसपेशीमा पाइन्छ । मायोग्लोबिनको काम मांसपेशीको तन्तुलाई स्टोर गर्नु हो ताकि आवश्यकता पर्दा विभिन्न क्रियाकलापमा यो अक्सिजनको उपयोग गर्न सकियोस् ।

earthquakeमायोग्लोबिन स्राव हुँदा मिर्गौला फेल हुने आशङ्का

मायोग्लोबिन रिलिज हुँदा मिर्गौला फेल हुने सम्भावना थुप्रै गुणा बढ्ने गर्छ । यो प्रक्रियालाई क्रस सिन्ड्रोम भनिन्छ । यस्तोमा जब शरीरबाट अचानक भार हटाइन्छ भने क्रस सिन्ड्रोमका कारण तन्तुमा अक्सिजनको मात्रा तीव्र रूपमा बढ्न थाल्छ ।

त्यसैले मृत्यु अघि हाँस्न थाल्छन् मानिस

यतिबेला रगतमा पोटासियमको अत्यधिक मात्रा प्रवाहित हुँदा मुटुको धड्कन बिग्रने गर्छ र शकका कारण मानिसको मृत्यु हुने गर्छ । यो अवस्थामा मानिस मृत्यु अघि अनायासै हाँस्न थाल्छन् । यसै कारण यसलाई स्माइलिङ डेथ पनि भनिन्छ ।

सय वर्ष अघि पत्ता लागेको थियो क्रस सिन्ड्रोम

जापानी छाला रोग विशेषज्ञ सेगो मिनामीले सन् १९२३ मा पहिलो पटक क्रस सिन्ड्रोमबारे रिपोर्ट पेस गरेकी थिइन् । त्यति बेला प्रथम विश्वयुद्धमा मिर्गौला फेलका कारण मृत्यु भएका तीन सैनिकको प्याथोलोजीको अध्ययन गरिएको थियो । पछि सन् १९४१ मा ब्रिटिस फिजिसियन एरिक जर्ज ल्यापथोर्न बाइवाटर्सले पनि यसको व्याख्या गरे ।

क्रस सिन्ड्रोमका धेरैजसो घटना प्रकोपका बेला देखिन्छन् जस्तै युद्ध, भूकम्प, कुनै भवन क्षतिग्रस्त हुँदा, सडक दुर्घटना इत्यादि । त्यसैले उद्धारकर्ताहरुले केही विशेष कुरामा ध्यान दिने गर्छन् । सन् १९९९ मा उत्तरी टर्कीमा आएको भूकम्पमा क्रस सिन्ड्रोमका कारण मृत्यु दर १५.२ प्रतिशत थियो । बेलायती मेडिकल जर्नलका अनुसार भूकम्पका बेला क्रस सिन्ड्रोमले मिर्गौला फेल हुँदा मृत्युदर १३ प्रतिशतदेखि २५ प्रतिशत हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप