जावलाखेल ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । फ्रेण्ड्स क्लवमाथि ४–१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।
ललितपुरस्थित च्यासल मैदानमा बिहीवार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खान पुगेको थियो । यसजितसँगै जावलाखेल समग्रमा ४–१ को नतिजा निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।
जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १–१ गोल गरे । फ्रेण्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फकाउँदै अन्तर घटाएका थिए । शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलले २० औं मिनेटमा खाता खोल्न सफल भएको थियो ।
अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेण्डर राहुल राहुलले हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् । त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजको फ्रिकिकलाई एनकोटो मासोआबीले गोल गर्दै जावलाखेललाई पहलिो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि जावलाखेलले फ्रेण्ड्सलाई दबाबमा राख्दै खेल देखायो ।
तर दोस्रो हाफमा फ्रेण्ड्सले सम्हालिएको प्रदर्शन गर्ने प्रयास ग¥यो । ५७ औं मिनेटमा फ्रेण्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६४ औं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३–० को अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र एञ्जल महर्जनले ह्याण्ड गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो ।
७५ औं मिनेटमा मासोआबीको कडा प्रहार फ्रेण्ड्सका गोलरक्षक राजाबाबु थापा बचाउन सफल भएका थिए । ८० औं मिनेटमा श्यामबाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काउँदै अन्तर ३–१ मा घटाए । इन्ज्युरी समयमा फोडे फोफानाले गोल गरेपछि जावलाखेलको जित निश्चित भयो ।
यस जितपछि जावलाखेलको १७ खेलमा ३० अंक छ । चर्च ब्वाइज समान ३० अंकमा भएपनि हेड टु हेड नतिजामा दोस्रो स्थानमा झरेको छ । जावलाखेलले चर्च ब्वाइजलाई १–० ले हराएको थियो । फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ औं स्थानमा छ ।
लिग अन्तर्गत शुक्रवार तीन खेल हुनेछन् । दिनको पहिलो खेल संकटा र नेपाल पुलिस क्लवबीच दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच एन्फा मुख्यालयमा प्रतिष्पर्धा हुनेछ । तेस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र खुमलटार युथ क्लवबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण