इजरायल र गाजाका लडाकूबीचको युद्ध अन्त्य गर्न आग्रह
बर्लिन । इजिप्ट, फ्रान्स, जर्मनी र जोर्डनका विदेशमन्त्रीले इजरायल र गाजाका लडाकूबीच तीन दिनदेखि जारी हिंसा अन्त्य गर्न बिहीबार आह्वान गरेका छन् ।
जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले आफ्ना समकक्षीसँगको वार्तापछि भनिन्,“रक्तपात अब अन्त्य हुनैपर्छ ।”
जोर्डनका विदेशमन्त्री अयमान सफादीले पनि नकारात्मक घटनाक्रमको अन्त्य हुनुपर्ने र शान्ति पुनस्र्थापना गर्नुपर्ने बताए ।
सफादीले ‘स्थितिलाई शान्त पार्नु’ र दीर्घकालीन शान्तिका लागि राजनीतिक विश्वास जगाउने उपायहरू सिर्जना गर्नु अत्यावश्यक भएको बताए ।
केही महिनायताकै सबैभन्दा खराब हिंसात्मक झडपका कारण प्यालेस्टाइनमा २५ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले मङ्गलबारदेखि गरेको हवाई आक्रमणमा लडाकुका साथै कैयौँ बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गाजा पट्टीमा लडाकूहरूले इजरायलमाथि ५०० भन्दा बढी रकेट प्रहार गरेको र अहिलेसम्म कुनै हताहत नभएको इजरायली सेनाले जनाएको छ ।
इस्लामिक जिहाद लडाकू समूहले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलमा स्थानीय समयअनुसार बिहान ९ः०० बजे फेरि रकेट प्रहार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण