पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रवि लामिछानेको आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । राम्रो काम जसले गरेपनि सघाउनु पर्ने धारणा राख्दै रविले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुन आग्रह गरेका छन् ।
‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु’, शनिबार आयोजित भ्रष्टाचारविरोधी अभियानको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्, ‘राम्रो काम जसले गरेपनि सघाउनुपर्छ।देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनुहोला।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण