शिवम् सिमेन्टको नाफा ५१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा यस वर्ष नाफा घटेको हो । कम्पनीले प्रकाशित गरेको वित्तीय अवस्थान अनुसार आव २०७९÷८० को तेस्रो त्रैमाससम्म ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २४.७५ प्रतिशतले घटेर चैत मसान्तमा ७ अर्ब २५ करोड ३३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८१ लाख ५ हजार रुपैयाँ कमाएको थियो ।
यस्तै, कम्पनीले समीक्षा अवधिमा ३४ करोड १ लाख ८८ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण