इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह
काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो समय इजरायल र गाजा (प्यालेष्टाइन) बीच तनाव बढिरहेको बेला सुरक्षित र सचेत रहन नेपालीहरूलाई आग्रह गरेको हो ।
इजरायल र गाजाबीचको तनावले गर्दा युद्धकै रूप लिएको देखिन्छ । ९ मे देखि दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिब, रेखोवोत लगायतका क्षेत्रमा गाजाबाट सयौँको सङ्ख्यामा रकेट आक्रमण हुने क्रम जारी छ । त्यसले गर्दा त्यहाँ जोखिम बढेको भन्दै इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको हो ।
साइरन बज्नासाथ घर भित्र भएमा बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, अल्छी पटक्कै नगर्न, झ्याल नजिक तथा भित्तामा खस्नसक्ने सामानको नजिक नजान दूतावासले अनुरोध गरेको छ ।
त्यस्तै घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए पनि नजिकैको बङ्करमा जान र त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्न दूतावासले अनुरोध गरेको छ ।
रकेट लन्च भइरहेको बेलामा केही व्यक्तिहरू छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएकोले त्यसो नगर्न समेत अनुरोध गरेको छ ।
अहिले अप्ठ्यारो परिस्थिति रहेका नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर नेपालमा रहेका परिवारलाई त्रसित नगराउन समेत अनुरोध गरेको छ ।
कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
राजदूत कान्ता रिजालले हालसम्म इजरायलमा रहेका नेपालीहरू सुरक्षित नै रहेका बताइन् । इजरायल र गाजाबीच युद्ध विरामको प्रयास भइरहेको तर, हालसम्म कुनै निष्कर्षमा भने पुगेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण