नक्कली भुटानी शरणार्थी प्रकरणमा राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शुक्रबार, २९ वैशाख २०८०, १४ : २६

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बु्झाएको हो ।
ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ । सो प्रकरणमा नयाँ नयाँ पात्र मुछिन थालेकाले आवश्यक अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।
पहिलो चरणमा पार्टीले ज्ञापनपत्र बुझाएको र आवश्यकताअनुसार भ्रष्टाचराविरुद्ध पार्टीले कार्यक्रमहरु तय गरेर अघि बढ्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक नेतृत्वले नै बेरुजु घटाउन पहल गर्नुपर्छ : महानिर्देशक थापा
-
गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल
-
बेरुजु के हो ? किन गरिन्छ लेखापरीक्षण ?
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने
-
डान्सर स्वस्थानीलाई प्रश्न : नृत्यलाई समाजले कसरी हेर्छ ?
-
महिला टी–२० विश्वकप छनोट : टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय