आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इमरान खानले पाए अन्तरिम जमानत

शुक्रबार, २९ वैशाख २०८०, १६ : २०
शुक्रबार, २९ वैशाख २०८०

इस्लामाबाद उच्च अदालतले अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानको जमानत आवेदनको सुनुवाइ गर्न न्यायाधीश मियाँ गुल हसन औरंगजेब र न्यायाधीश तमन रिफत इम्तियाजको एक विशेष इजलास गठन गरिएको थियो ।

नेशनल एकाउन्टेबिलिटी ब्युरोले मङ्गलवार इमरान खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट अल–कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको थियो ।

इमरान खानलाई दुई दिन हिरासतमा राखिएको थियो । यसपछि सर्वोच्च अदालतले इमरान खानलाई एक घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको थियो ।

बिहीबार सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारी गैरकानुनी ठहर गर्दै उनलाई पुलिस लाइन्सस्थित गेस्ट हाउसमा न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले उनलाई शुक्रवार इस्लामावाद उच्च अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप