अब महिलाले ट्विटरको नेतृत्व गर्ने एलन मस्कको दावी
वासिङ्टन । ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गर्ने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीकी अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
न्युयोर्क टाइम्सका अनुसार नाम नछाप्ने शर्तमा एकजना अधिकारीले यसको प्रक्रिया निकै अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो मस्कसँग गत हप्तादेखि छलफलमा चलिरहेको छ। गत महिना, याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मञ्चमा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ ।
यस्तै वाल स्ट्रीट जर्नलले पनु याकारिनो मस्कसँग वार्तामा रहेको उल्लेख गरेको छ । गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले प्रमुख कार्यकारीको नियुक्ते फरक व्यक्तिको भए पनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् । ट्विटरको मालिकको रूपमा उनले यसका ७,५०० कर्मचारीहरू मध्ये ७५ प्रतिशत भन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए । निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गर्का छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।
अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ ।यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण शुरु भइरहेको बारे अपडेट गर्दै ट्वीट सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण